प्रदेश

लुम्विनी प्रदेशले दियो राष्ट्रलाई नयाँ सन्देश



रुपन्देही ८ माघ । लुम्विनी प्रदेश सभाले  राष्ट्रलाई नयाँ सन्देश दिएकोछ । करिव २ तिहाई नजिक रहेको नेकपाका सांसदहरु सत्तापक्षकै भूमिका एकिकृत रुपमा प्रस्तुुत हुने भएपछि नयाँ सन्देश प्रवाह भएको हो । प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको अवस्थामा पुगेको छ । अहिले केपी ओली पक्ष र प्रचण्ड–माधव पक्षको रुपमा अलग अलग समूह क्रियाशिल छन ।

    तर निर्वाचन आयोगबाट अलग पार्टीको मान्यता पाइसकेका भने छैनन । दिनहु जसो हुने कार्यकर्ता भेला तथा कार्यक्रममा एकले अर्को पक्ष माथि आक्रोश व्यक्त गरिरहेका छन । प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्री माथि अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । प्रदेश २ मा पनि प्रदेशसभाका संसदीय दलका नेतालाई हटाएको प्रचण्ड माधव पक्षले दाबी गरेको छ । 

    प्रदेशहरुमा एक पक्षले अर्को पक्षलाई कारवाही गरेका समाचार पनि सार्वजनिक भएका छन । केही प्रदेशमा अर्को पक्षको मुख्यमन्त्रीसँग नबस्ने भनेर मन्त्रीहरुले राजीनामा पनि दिइसकेका छन । तर लुम्बिनी प्रदेश सरकारमा भने नेकपाका दुवै पक्ष एकै ठाउँमा यथावत छन । कार्यकर्तास्तरमा चर्को आक्रोश देखिएपनि नेकपाका नेताहरु लाभको पदबाट अलग भइसकेका छैनन । मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओली पक्षका हुन । दुई मन्त्री बाहेक अरु मन्त्रीहरु अहिले ओली पक्षमै रहेको देखिन्छ । केही दिन अघि सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सरकारका सबै मन्त्री एउटै पक्षमा रहेको दाबी गरेका थिए । 

    तर आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बराल भने प्रचण्ड माधव समूहको केन्द्रीय बैठकदेखि कार्यकर्ता भेलामा गइरहेका छन । जुन पक्षको नेतृत्वको सरकार छ बाहिर सोही पक्ष विरुद्धको भेलामा सहभागी भइरहेको भनेर ओली पक्षबाट उनीहरुको आलोचना समेत हुने गरेको छ । यसैबिच आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले पार्टीमा अलग–अलग समूह क्रियाशिल भएपनि दल एउटै भएकाले यहाँ पनि सँगै सरकारमा रहेको बताउनुभएको छ । 

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६