काठमाडौं ८ माघ । संसद विघटन मुद्दामा बहस गर्न नाम लेखाएका अधिवक्ता बसन्त रिमाल बहस गर्नबाट रोकिएका छन् ।अधिवक्ता ज्ञानेन्द्रराज आरणको रिट निवेदनको पक्षमा बहस गर्न आएका रिमालले माघ ४ गतेपछि वकालतनामा बुझाएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहस गर्न रोक लगाएका हुन् ।रिमालले माघ ५ गते वकालतनामा बुझाएका थिए । इजलासले बहस नगर्न भनेपछि रिमाल फर्किएका छन् ।
८ माघ २०७७, बिहिबार
प्रतिक्रिया