अन्तर्राष्ट्रिय

कोरोना विरुद्धको खोप बनाउने भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको प्लान्टमा आगलागी



काठमाडौँ ८ माघ । कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनामा रहेको प्लान्टमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुना प्लान्टको टर्मिनल १ नम्बर गेटमा आगलागी भएको हो । इन्स्टिच्युटमा लागेको आगो निभाउन अहिले १० वटा दमकल त्यहाँ पुुगेको बीबीसीले जनाएको छ । इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनको चौथो र पाँचौँ तलमा आगो लागेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ ।सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा समर्थित कोभ्याक्स स्किमको हिस्सा हो । यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो ।  

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६