अर्थ-वाणिज्य

भन्सार राजश्व :कपिलवस्तुले कायम गरयो अभूतपूर्व रेकर्ड



कपिलवस्तु ८ माघ । कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक बर्ष २०७७/०७८ को ६ महिनामा नै बार्षिक लक्ष्य भन्दा बढी रकम उठेको छ । भन्सारमा अर्ध बार्षिक अवधि मै बार्षिक लक्ष्यको करिब ढेड सय प्रतिशत रकम संकलन गरेको हो । बार्षिक लक्ष्यको १ सय ४६ दशमलव ९९ प्रतिशत उठेको हो । साउन देखि पुस सम्म सम्म भन्सारमा ७८ करोड ५० लाख ८ हजार १६७ रुपैया संकलन भएको भन्सार की सुचना अधिकृत सरिता पोख्रेलले बताईन । 

    भन्सारमा यति धेरै राजस्व सकंलन भएको यो पहिलो पटक हो । ६ महिनाकालागि २७  करोड २५ लाख ७१ हजार तोकिएको थियो । यस्तै चालु आर्थिक बर्षकालागि ५३ करोड ४० लाख ३० हजार लक्ष्य तोकिएको छ । सबै भन्दा बढी पुस महिनामा १७ करोड २० लाख ५७ हजार ५१५ संकलन भएको छ । पुसकालागि ४ करोड ९९ लाख ६४ अहजार लक्ष्य तोकिएको थियो । साउनमा १० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख  राजस्व उठेको भन्सार प्रमुख रमेश खडकाले बताए । 

    स्त्तोरोन्नती भएको २० महिना पछि सुठौलीमा अहिले राजस्व सकलन राम्रो भएको उनले बताए । कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बिचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति प्रगति गर्दै गएको उनले बताए । कारोना भाईरसको बेला समेत बार्षिक लक्ष्य ६ महिनामा नै पार गर्नु राम्रो संकेत भएको उनले बताए । उनले यही रफुतारमा राजस्व संकलन भए एक अर्वको आकडा पार हुने बताए । ‘ भन्सारमा राजस्व असुली राम्रो भएको छ अब यो भन्सारको भौतिक अवस्थामा समेत सुधार गरिए अझै राम्रो हुन्छ ’ उनले भने । 

    भन्सारका लेखापाल मदन पाण्डेयले ६ महिनामा नै ७८ करोड राजस्व उठाएर यो भन्सारले रकडै कायम गरेको बताए । भन्सारमा धान, चामल, गहु, मकै तरकारी तथा फलफुल, कोइृला टायल्स र मार्बल पैठारी हुने गरेको छ । २०७६/०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैया राजस्व संकलन भएको थियो । 

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६