अर्थ-वाणिज्य

देउखुरी अन्तराष्ट्रिय स्तरको राजधानी, काम चलाउ राजधानी बुटवल नै रहने



 दाङ ८ माघ ।लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीलाई अन्तर्राष्ट्रिय स्तरको राजधानी बनाउने गरी काम अघि बढाइएको छ । राप्ती नदीको किनारलाई समेटेर बनाउन लागेको स्थायी राजधानी पूर्णरुपमा आधुनिक सहरका रुपमा विकास गर्ने योजनामा लुम्बिनी प्रदेश सरकार लागेको छ । त्यसका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरिएको छ । प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरेर छिट्टै काम पनि थाल्ने तयारी छ ।

    स्थायी राजधानीको टुङ्गो लागेपछि प्रदेश सरकारको योजनाअनुसारको व्यवस्थित सहर निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरी सबै योजनावद्ध ढंगले अघि बढाइएको छ । प्राधिकरणले पहिलो चरणमा राजधानी घोषणा गरिएको क्षेत्रको स्थलगत अवलोकन गर्ने, राजधानीको लागि गुरुयोजना निर्माण गर्न कन्सल्टेन्सी छनोट गर्नेलगायतका काम सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैंयाले बताउनुभयो  । 

    तत्काल भवनहरु भाडामा ल्याएर काम चलाउ रुपमा प्रदेश राजधानी चलाउने योजनामा प्रदेश सरकार नभएको र त्यसका लागि आफूहरुलाई योजनावद्ध तरिकाले काम गर्ने निर्देशन प्राप्त भएको मजगैंयाले बताउनुभयो । राप्ती नदीको खाली जग्गालाई व्यवस्थित गरेर लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई देशकै नमुना अन्तर्राष्ट्रिय स्तरको सहर बनाउने गरी काम अघि बढाइएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो ।

   व्यवस्थित सहर बनाउनका लागि चीनको सिचवान राज्यसँग सहकार्य थालिएको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । अब देउखुरीबाट प्रदेशका धेरै कामहरु गर्ने गरी काम थालिएको प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताउनुभयो । प्रदेशसभाको आउने बैठक देउखुरीमै गर्ने तयारी प्रदेशसभा सचिवालयको गरिरहेको शर्माले बताउनुभयो । माघ १० गतेसम्म लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय देउखुरीमा उद्घाटन गर्ने गरी काम गर्न मुख्यमन्त्री पोख्रेल लाग्नुभएको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६