कपिलवस्तु ८ माघ ।नेकपाका केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले आफ्नै सरकार ढाल्न खोज्नेहरुका कारण नेकपामा समस्या श्रृजना भएको बताउनु भयो । नेता न्यौपानेले नेकपा कपिलवस्तुको पूर्ण वैठकलाई विहिबार सिद्धार्थ सभाहल बुङचीमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । नेता न्यौपानेले कार्यकर्ता फुटको पक्षमा नभई जुटको पक्षमा रहेको तर्क गर्दै मूल धारमा रहन सबै पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।
पूर्ण वैठकमा नेकपाका केन्द्रिय सदस्य एवम् कपिलवस्तु सहइन्चार्ज बिमला घिमिरेले राष्ट्रलाई दूर्घटनाबाट जोगाउन प्रधानमन्त्रीले निर्वाचनमा जाने निर्णय गर्नु परेको बताउनु भयो । राष्ट्रिय सभा सदस्य समेत रहनु भएका नेता घिमिरेले निर्वाचनका वखत जनताका सामु गरेका प्रतिवद्धताहरु केही पुरा भएका र केही पुरा हुने क्रममा रहेको तर्क गर्दै सरकारका कामको चर्चा गर्नु भयो । प्रधानमन्त्रीले सासंदको किनबेच ,राष्ट्रपति माथि लगाउन थालिएको महाअभियोग र आफूमाथि ल्याउन लागिएको अबिश्वास्त प्रस्ताब रोकेमा सबैले धन्यावाद दिनुपर्ने तर्क राख्नुभयो ।
पूर्ण वैठकमा नेकपाका केन्द्रिय सदस्य एवम् प्रदेश कार्यालय सचिव बलराम अधिकारी, नेकपाका प्रदेश सल्लाहकार सदस्य इन्द्रमणी पौडेलले मन्तब्य राख्नु भएको थियो । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलद्धारा वैठकमा प्रस्तुत नेकपाको जिल्ला सचिवालय विस्तार, गाउँ, नगर कमिटी एवम् जनवर्गिय संगठनका वैठक, भेला, प्रशिक्षणहरु संचालन गर्ने लगायतका विषयवस्तु समेटेको कार्ययोजनालाई कार्यान्वयन गर्ने निर्णय गरेको नेकपा कपिलवस्तुले जनाएको छ । सोही वैठकले नेकपाका नेताहरुको कार्य विभाजन समेत गरेको जनाएको छ ।
नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र नेकपाका केन्द्रिय सदस्य डम्मर शर्माको संचालनमा सम्पन्न वैठकमा नेकपाका केन्द्रिय सदस्यहरु कृष्ण पौडेल, मेत मुस्ताफा, विश्राम प्रसाद चौधरी, जंजिर प्रसाद चौधरी, नेकपा प्रदेश सल्लाहकार काशीराम बेल्बासे, जिल्ला सल्लाहकार गोकर्ण पाण्डे, नेकपाका जिल्ला नेता टेकराज पौडेल लगायतको आतिथ्यता रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
प्रतिक्रिया