बिजनेस

प्रदेशवासीलाई सितलहरवाट प्रभावित हुन नदिने सामाजिक मन्त्रीको प्रतिवद्धता



बुटवल ९ माघ । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसो र सितलहवाट कसैलाई पनि समस्यामा पर्न नदिईने जनाउनु भएको छ । उहाले विहिबार एक अपिल जारी गर्दै यस्तो वताउनु भएको छ । जारी अपिलमा  चिसोले शरीरमा केही समस्या देखीए नजिकको स्वास्थ्य संस्थामा जान समेत भन्नुभएको छ ।चिसोबाट सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।

     उहाले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर नबस्न समेत आग्रह गर्नुभयो ।सामाजिक विकास मन्त्री बरालले चिसो र सितलहरबाट प्रभावित समुदायहरुलाई सहयोग वितरण भइरहेको जानकारी दिनुभयो ।उहाले अरु पनि जोखिमयुक्त समुदायको पहिचान गरी आवश्यक सहयोग गर्न सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरुसँग समेत अपिल गर्नुभएको छ ।

    पछिल्लो समयमा चिसो र सितलहरका कारण तराइका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । चिसोका कारण गर्भवती तथा सुत्केरी महिलाहरु, नवजात शिशु, बालबालीका, अपांगता भएका व्यक्तीहरु, दिर्घरोगी, ज्येष्ठ नागरिक, असाहय, अनाथ, अति विपन्न तथा सिमान्तकृत समुदायका मानिसहरु बढि प्रभावित भएका छन ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६