कपिलवस्तु ९ माघ । सामुदायिक तर्फका प्लस टु मा विज्ञान विषयको छात्रबृत्ति छात्राकालागि बरदान सावित भएको छभने परिवारमा छोरीको शान नै बढाएको छ । सामुदायिक तर्फका प्लस टुमा बिज्ञान विषयमा सम्पूर्ण छात्राकालागि छात्रबृत्ति दिन थालेपछि छात्राको संख्या हवात्तै बृद्धि भएवाट यस्तो देखिएको हो । प्रदेश सरकारले छात्रावृति सुरु नगर्दै चार सयको हाराहारीमा मात्र छात्राहरु बिज्ञान पढदै आएका थिए भने गत बर्ष छात्रावृति प्रदान गर्दा त्यो सख्या बढरे एक हजार सन्ताउन पुगेको सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले जानकारी दिनु भयो । यो बर्ष सख्या बढेर दुई हजार बढि पुग्ने मन्त्रालयको अपेक्षा रहेको छ।
यता विज्ञान विषयतर्फ छात्राको पहूँच कम देखिएको हुँदा प्रोत्साहन स्वरुप लुम्बिनी प्रदेश सरकारले छात्रावृतिको ब्यवस्था गरेको हो । अहिले शिक्षामा गणित तथा बिज्ञान बिषयलाई बढि महत्वका साथ लिने र ति बिषयको प्राप्तीले माथिल्लो बिषयको पढाईमा प्रभाव पर्ने भएकाले छात्रावृतिको कार्यक्रम प्रभावकारी तवरले अगाडि बढदै गएको सामुदायिक बिद्यालयका शिक्षकहरुको भनाई छ ।
यता लुम्विनी प्रदेशमा बिज्ञान विषयको हवका रुपमा प्रदेश सरकारले रुपन्देहि जिल्लालाई विकास गर्न खोजेको छ । फलस्वरुप रुपन्देहीको कान्ती माध्यमिक बिद्यालयलाई एक महत्वपूर्ण शिक्षण सस्थाको रुपमा स्थापित गराउने योजनाले सिगो बिद्यालयलाई हौसला थपेकोे बिद्यालयका प्रधानाध्यक गोविन्द ज्ञवालिले बताउनु भयो । छात्रावृति पाएपछि बिज्ञान बिषय पढने छात्राको सख्या बिगतका बर्षहमा भन्दा दोब्बर तरिकाले बढेको बताउनु हुन्छ । लुम्बिनी प्रदेशले जसरी शिक्षा तर्फ लगानि गरेको छ यो कार्यको सिको अन्य प्रदेशले पनि गर्नुपर्ने उहाले वताउनु भयो ।
यता कालिका मानवज्ञान माध्यमिक बिद्यालयका प्रधानाध्यपक बिष्णुहरि ज्ञवालीले बिज्ञान विषयमा छात्राहरु चाँप बढदै गएको प्रष्टाउनु भयो । सहज रुपमा जागीर पाउनका लागी अबसर भएको तथा छात्रावृति पाएर आफ्नै गाँउ ठाँउमा अध्ययन गर्ने वातावरण बनेपछी बिज्ञान बिषयप्रती आकर्षक बढेको उहाँको भनाई रहेको छ ।बिचमा पढाई छोड्नु पर्ने बाध्यताका कारण छात्राहरुले आफनो पढाईलाई निरन्तरता दिन नपाउने अबस्थामा सरकारले गरेको लगानिले परिवारलाई पनि आफनो बालबच्चलाई पढाउनु पर्छ भन्ने महसुस भएको बिज्ञान बिषय पढिरहेको छात्राहरुको भनाई रहेको छ ।
लुम्बिनी प्रदेश सरकारलेप्रदान गर्दै आएको छात्रावृतिले आर्थिकरुपमा कमजोर भएका साथै बिज्ञान बिषय प्रतिको अभिरुचि बढ्ने आशा छात्राहरुमा रहेको छ । सामुदायिक विद्यालयको कक्षा ११ र १२मा अध्यययनरत मुक्त कमैया ,कमलरी ,मुस्लिम र दलित छात्राकालागि मासिक १ हजार छात्रबृत्ति दिदै आएकोमा आ व २०७६/०७७मा प्रदेश सरकार मार्फत सामुदायिक विद्यालय तर्फ कक्षा ११ र १२ विषयमा विज्ञान पढ्ने सम्पूर्ण छात्राकालागि मासिक १ हजार छात्रबृत्ति उपलब्ध गराउन थालेको छ ।
यो छात्रबृत्तिले प्लस टुमा बिज्ञान पढेपछि माथिल्लो तहमा एमविविएस , इन्जिनियरिङ ,बनविज्ञान ,कृषि तथा पाइलट लगायतका आकर्षक विषय पढ्ने वाटो खुल्ने भएकाले लुम्विनी प्रदेश सरकारले विज्ञान पढ्ने सबै छात्राकालागि छात्रबृत्ति दिएर उनीहरुको उज्ज्वल भविश्यको मार्ग चित्र कोर्न सघाएको छ ।
प्रतिक्रिया