काठमाडौं ९ माघ । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको हो ।आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसबमा पनि भाग्यमानी २ जनाले भने ११\११ कित्ता सेयर हात पारेको क्यापिटलले जनाएको छ ।
१० कित्ताका दरले बाँडफाँट गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिइएको हो ।कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको थियो ।आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको थियो भने ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको थियो ।कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १७।५३ गुणा बढी हो ।
प्रतिक्रिया