ब्रेकिंग न्युज

केपि ओलीको सेटिङ अव जनताको सेटिङले परास्त गर्छ: प्रचण्ड



काठमाडौं  ९ माघ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपि ओलीको सेटिङ अव जनताको सेटिङले परास्त गर्ने वताएकाछन्  ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका  हुन् । 

प्रचण्ड नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। उनले भने, ओलीको सेटिङलाई अब जनताको सेटिङले परास्त गर्नेछ। अब सडकबाटै जनताले ओलीको सेटिङ भत्काउनेछन्। उनले अब छिटै केपीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुने बताउँदै जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने दाबी गरे ।

    उनले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नागरिक भावना र मतको सम्मान गर्न आग्रह गर्दै भने,मलाई विश्‍वास छ। सर्वोच्च अदालत र निर्वाचन आयोगले जनमतलाई सम्मान गर्नेछन्। सडकमा उर्लिएको जनसागरलाई निर्वाचन आयोगले देखेको छ, देख्छ । सर्वोच्च अदालतले पनि देखेको छ, देख्छ 

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६