ब्रेकिंग न्युज

नेकपाको प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक बस्दै ,



काठमाडौं ११ माघ । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक आइतबार (आज) बस्दैछ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि आइतबार बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।श्रेष्‍ठका अनुसार शनिबारको छलफलमा काठमाडौंमा शुक्रबारको विरोध सभाको समीक्षा र आन्दोलनका आगामी कार्यक्रमबारे छलफल गरिएको छ ।

आइतबार बस्ने बैठकले थप एजेण्डासहित नयाँ कार्यक्रम तय गर्ने बताइएको छ ।आइतबारको स्थायी कमिटी बैठकले ओली पक्षका प्रदेश पदाधिकारी हटाएर आफ्नो पक्षकालाई समायोजन गर्ने तयारी छ । सोही बैठकले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।यसअघि प्रचण्ड-माधव पक्षले केही दिन अगाडि तीन दिनको समय दिएर सोधेको स्पष्टीकरणपत्र बालुवाटार गेटमा बुझाएको थियो ।

प्रकाशित : ११ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६