ब्रेकिंग न्युज

भारत र चीनका सैनिकबीच उत्तर सिक्किममा झडप



काठमाण्डौ  १२ माघ । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमा क्षेत्रमा सङ्घर्ष भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।यस सङ्घर्षका बारेमा एक विज्ञप्ति नै निकालेर भारतीय सेनाले भनेको छ, ‘उत्तर सिक्किमको नाकुला क्षेत्रमा गएको जनवरी २० मा भारतीय सेना र पिपुल्स लिबरेशन आर्मीबीच सामान्य सङ्घर्ष भएको थियो ।’ यो सङ्घर्ष स्थानीय कमाण्डरहरुले नियमअनुसार समाधान गरिएको बताइएको छ ।भारतीय सेनाले यस सम्बन्धमा तथ्यहरूलाई तोडमोड गरेर नलेख्न सञ्चारमाध्यमहरुलाई आग्रह गरेको छ । 

यसअघि समाचार एजेन्सी एएफपीले भारतीय मिडियामा छापिएको रिपोर्ट उद्धृत गर्दै सङ्घर्षमा दुवै पक्षका केही सैनिक घाइते भएको जनाएको थियो ।यो घटना तीन दिनअघिको हो, उत्तर सिक्किमको नाकुला सीमामा केही चिनियाँ सैनिक सीमा पार गरेर भारततर्फ पुगेपछि विवाद उत्पन्न भएको थियो ।गएको वर्षको जुन महिनामा लद्दाख क्षेत्रमा यी दुई पक्षबीच भएको सङ्घर्षमा कम्तीमा २० भारतीय सैनिकको ज्यान गएको थियो । यद्यपि आफ्नोतर्फ कति क्षति भएको भन्नेबारेमा चिनियाँ अधिकारीले केही बताएका थिएनन् ।  

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६