लुम्बिनी

तोकिएकै समयमा निर्वाचन हुने प्रधानमन्त्री ओलीको दाबी



दाङ १२ माघ ।  तोकिएकै समयमा निर्वाचन हुने प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गर्नुभएको छ । दाङको राप्ती गाउँपालिकाको लालमटियामा आफू निकट ९नेकपा० जिल्ला संगठनले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।‘ देश निर्वाचनको बाटोमा गइसकेको भन्दै ओलीले निर्वाचन गराउँदैनन् भन्नेको कुराको पछि नलाग्नुहोस् । चुनावको तयारीमा लाग्नुहोस् । निर्वाचन हुँदैन भनेर बाटो अलमलिएका मान्छेको पछि नलाग्नुस् ’ उहाँले भन्नुभयो ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई लक्षित गर्दै बाटो बिराएको मान्छेको संज्ञा दिनुभयो ।’ ‘बुझ पचाउने नेताहरूलाई जनताले आफैँ बाटो लगाइदिन्छन्। चुनावलाई स्वतन्त्ररूपमा गर्नका लागि युवा लाग्नुहोस्, कुनै प्रकारका प्रचारका अभियान कसैले कसैलाई बिथोल्न नसकोस्, भन्ने उहाँको बुभाई छ । प्रधानमन्त्री आलीले प्रशासन तथा प्रहरी प्रशासनलाई चुनाव तोकिएकै समयमा भएकाले आफ्ना तयारीमा लाग्नसमेत आग्रह गर्नुभयो ।

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६