कपिलवस्तु १३ माघ ।कपिलवस्तु जेसिजको २१ औं अध्यक्षमा भिमकान्त भट्राई सर्व सम्मत चयन हुनु भएको छ । २१औ अधिवेशनबाट भट्राई सर्वसम्मत चयन हुनु भएको हो । यस्तै कार्यकारिणी उपाध्यक्षमा प्रविन पौडेल र शुशिल खत्री चयन हुनुभएको छ भने उपाध्यक्षहरुमा अशोक पौडेल, कमल घिमिरे, मदन पौडेल, मिन बहादुर थापा चयन हुनुभएको छ । अन्य सबै सदस्यहरु जनवरी ३१ तारिख पदस्थापन समारोहका दिन मनोनित गर्ने निवर्तमान अध्यक्ष मनोज खत्रीले जानकारी दिनुभएको छ ।
बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको हो भने मंगलवार अधिवेशन भएको हो । यस्तै सोमबार कपिलवस्तु जेसिज बर्ष २०२० को २१ औँ बािर्षक साधारण सभा भएको हो । साधारण सभामा कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज खत्रीले संस्थाले गरेको कार्यक्रम तथा आगामी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने महासचिव प्रबिन पौडेलले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।
प्रतिक्रिया