प्रदेश

आजवाट भूमीहिनकालागि जग्गा दिन नापी शुरु हुने



दाङ १४ माघ । दाङको बबई गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधानका लागि जग्गा नापीको काम आजदेखि सुरु गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधानका लागि गठन गरिएको सहजीकरण समितिको आज बसेको बैठकले भोलीदेखि जग्गा नापी गर्ने निर्णय गरेको हो ।बबई गाउँपालिकाको वडा नम्बर ५ रीमखोलीबाट जग्गा नापीको काम सुरु गर्ने निर्णय गरेको समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिए ।

    पहिलो चरणमा रिमखोलीबाट काम सुरु गरी अन्य बस्तीबाट पनि नापीको कामलाई व्यवस्थित गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।यसअघि बबई गाउँपालिकाले कार्तिक २७ गते राजधानीमा भूमि सम्बन्धी समस्या समाधान आयोगसंग सम्झौता गरी यसको समाधानका लागि काम गरेको छ । घररघरमा गएर जग्गाको लगत लिएको गाउँपालिकाले अब जग्गाको नापी र लिस्सा दिने काम सुरु गर्ने तयारी गरेको हो ।

    भूमि सम्बन्धी समस्या समाधान आयोगले पहिलो चरणमा सात प्रदेशका १४ वटा स्थानीय सरकारसंग सम्झौता गरी काम अघि बढाएको छ । लुम्बिनी प्रदेशका दाङको बबई गाउँपालिका र रुपन्देहीको कञ्चन गाउँपालिकासंग सम्झौता गरी काम अघि बढाएको छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६