लुम्बिनी

संसद विघटनका विरुद्ध गरिने आन्दोलन प्रति एक्यवद्ध हुदैँ रुपन्देहीका क्रियाशिल नागरिक



बुटवल १४ माघ । रुपन्देहीमा क्रियाशिल नागरिक अगुवाहरुले संसद विघटनका विरुद्ध गरिने आन्दोलन प्रति एक्यवद्धता जनाएका छन् । नागरिक अगुवाहरुको भेलाले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम प्रतिगमनकारी कदम भएको ठहर गर्दै त्यस विरुद्ध गरिने शान्तिपूर्ण आन्दोलनमा नागरिक समाजको एक्यवद्धता रहने निर्णय गरेकाछन् ।

अधिकारकर्मी पुरुषेत्तम घिमिरे, गोबिन्द खनाल, पदम कार्की, बिनोद पहाडी, बालकृष्ण चापागाई, गोपाल पाण्डे, डिबी खनाल, गोपाल चापागाई, रिता क्षेत्री, दामोदर खनाल, ऋषी आजाद दगायतको उपस्थितीमा भएको भेलाले प्रधानमन्त्रीको संसद विघटनको निर्णयलाई असंवैधानिक र प्रतिगमनकारी कदम भएको ठहर गर्दै त्यस विरुद्ध नागरिक समाज पनि आन्दोलित हुने निर्णय गरेका हुन् ।

अधिकारकर्मीहरुको भेलाले नेकपा प्रचण्ड-नेपाल पक्षले माघ १५ गते बुटवलमा गर्न लागेको विरोधसभा प्रति नैतिक समर्थन ब्यक्त गरेको सो पार्टीको संघर्ष समितिका सचिव गुणाराम घिमिरेले जानकारी दिए ।

उता रुपन्देहीमा आन्दोलनलाई शसक्त बनाउन तिलोत्तमाको शंकरनगरमा आयोजित महिला भेलाले टिका ओली संयोजक र उमा काफ्ले सह-संयोजक रहेको १११ सदस्सीय महिला आन्दोलन परिचालन समिति गठन गरेको नेकपाकी नेतृ रिज्जु श्रेष्ठले जानकारी गराईन् ।नेकपाको प्रचण्ड-नेपाल पक्षले माघ १५ गते कन्द्रीय संघर्ष समितिको आयोजनामा बुटवलमा विरोधसभा गर्ने जनाएको छ । सभालाई अध्यक्ष द्वय माधव नेपाल र प्रचण्डले सम्बोधन गर्ने रुपन्देही जिल्ला पार्टी प्रचार प्रमुख सिद्धिचरण भट्टराईले जानकारी दिए ।

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६