बुटवल १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा निर्धारित मितिमा सार्वजनिक गर्न नसकेपछि आलोचना भएको छ । परीक्षा बोर्डले यसअघि १० माघभित्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्याल बताउँछन् । उनी भन्छन्, ‘आगामी आइतबारसम्म नतिजा सार्वजनिक गर्छौं ।’नोवेल कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको कक्षा १२ को परीक्षा गत १६ मंसिरमा सम्पन्न भएको थियो ।त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् ।








प्रतिक्रिया