ब्रेकिंग न्युज

जनकपुर यातायात कार्यालयमा अख्तियारको छापा, घुस रकमसहित दुई जना पक्राउ



महोत्तरी १४ माघ । जनकपुरको यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले छापा मारेको छ । गएराति करिब ६ घण्टा छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको छ ।अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलीले बरामद गरेको हो ।

बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलीलाई बयान दिएका छन् ।उनले गिरीलाई रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो । कर्मचारीहरुले बिचौलियाको सेटिङमा यातायात व्यवस्था कार्यालयमा घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।

प्रकाशित : १४ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६