कपिलवस्तु १४ माघ । कोरोना बिरुद्धको पहिलो चरणको अभियान अन्तर्गत पहिलो दिन कपिलवस्तु अस्पतालका ५६ र जिल्ला स्वास्थ्य कार्यालयका ५ कर्मचारी गरी कुल ६१ जनालाई खोप लगाइएको छ । खोप लगाउनेमा ४२ पुरुष र १९ महिला छन । कोरोना खोप समन्वय तथा अनुगमन समितिले बिहीवार कपिलवस्तु नगरपालिका र यशोधरा गाउपालिकाका स्वास्थ्यकर्मीैलाई जिल्ला स्वास्थ्य कार्यालय खोप केन्द्रमा नै खोप दिने गरी निर्णय गरेकोे कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताउनु भयो । शुक्रवार बाणगंगा नगरपालिकाको पिपरामा खोप अभियान संचालन गरिनेछ ।
१० पालिकामा सुचीकृत भएका १९ सय ९८ जनालाई खोप लगाईनेछ । अभियान १० दिन चल्नेछ । बुधवार खोप लगाएका सबै जना सुरक्षित र स्वस्थ्य रहेका छन । यसैबीच कपिलवस्तुको तौलिहवामा बुधबारदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको हो । तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा खडा गरिएको खोप केन्द्रमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन समितिका संयोजक दीर्घनारायण पौडेलले रिबन काटेर अभियानको शुभारम्भ गर्नु भएको छ । कपिलवस्तु अस्पतालमा मेसु किशोर बन्जाडेले कोरोना विरुद्धको पहिलो खोप लगाउनु भएको हो ।
पहिलो चरण अन्तर्गत जिल्लाका अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, तथा महिला स्वमसेविकालाई खोप दिइने प्रजिअ पौडेलले बताउनु भयो । कोरोनाविरुद्धको ’कोभिशिल्ड’ नामक ४५ सय डोज खोप लुम्बिनी प्रदेश मार्फत् जिल्ला स्वास्थ्य कार्यालयमा आएको थियो ।कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयका कर्मचारीले खोप लगाएका छन्। अभियान १० दिनसम्म चल्ने छ। १० पालिका, ३ अस्पताल प्राथमिक सेवा उपचार केन्द्रमा रहेका स्वास्थ्यकर्मीलाई १० दिनसम्म चल्ने अभियानमा खोप लगाइने छ । खोपका लागि सूचीकृत गरिएका १ हजार ९९८ जनालाई मात्र पहिलो चरणमा लगाइने छ । खोप लगाएपछि आधा घन्टासम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिने छ ।
कपिलवस्तु अस्पतालका डाक्टर अभिषेक तिवारीले खोप पुर्णरुपमा सुरक्षित रहेको र यसको उपयोगिता ७० प्रतिशत बढी रहेको बताउनु भयो । उहाँले खोपले सामान्य बाहेक अन्य असर नगर्ने स्पष्ट पार्नु भयो । प्रजिअ पौडेलले खोप विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेकोले ढुक्कसंग लगाउन आग्रह गर्नु भएको छ । खोप लगाएपछि केही असर देखिए त्यसका लागि समेत टिम बनाइएको छ।
प्रतिक्रिया