अर्थ-वाणिज्य

विजयनगर सभाको सन्देश : सडक ,शिक्षा स्वास्थ्य र कृषिमा असाधारण प्रगती



कपिलवस्तु १५ माघ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको ब्ुधवार सम्पन्न आठौँ गाउँसभाले कोरोना त्रासका बीच  सडक ,शिक्षा स्वास्थ्य र कृषिमा असाधारण प्रगती  भएको समिक्षा सहितको सन्देश प्रवाह गरेको छ । गाउँसभाले “शिक्षा, स्वास्थ्य, कृषि र पुर्वधारः विजयनगरको  समृद्धि आधार” भन्ने मूल  नाराका साथ गाउँसभा भव्यरुपमा भएको छ । आर्थिक बर्ष २०७७/ ०७८ को ६ महिनासम्म भएको कामको समीक्षा तथा प्रगति विवरण पेश गरेको हो । योजना तथा कार्यक्रमहरुमा संसोधन, थपघट तथा केही नयाँ कार्यक्रमहरु समावेश गरिएको जनाइएको छ ।


    यसरी गाउँसभाले आर्थिक वर्ष २०७७/०७८ को नीति बजेट तथा कार्यक्रम अन्तर्गत आधुनिक कृषि प्रणालीको विकास र व्यवसायीकरण, गुणस्तरीय आधारभूत शिक्षाका प्रत्याभूति आधारभूत स्वास्थ्य सेवामाथि आम जनताको पहुँच सुनिश्चित गर्दै भौतिक पुर्वाधार युक्त रोजगारमुलक आत्मनिर्भरतातर्फ उन्मुख समृद्ध र समुन्नत गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको छ ।

  गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कृषि, स्वास्थ्य, शिक्षा र पुर्वधार विकासका क्षेत्रलाई प्राथमिकतामा राखी दीर्घकालिन सोँचकासाथ गाउँपालिकाले अगाडी बढिरहेको बताउनुभएको छ ।कोरोना महामारीको विषम परिस्थितिमा पनि गाउँपालिकाले विकासका कार्यमा तीव्र गतिमा विकास भएको उहाँले बताउनुभयो । यस कोरोना महामारीकारण विजयनगर गाउँपालिकाका नागरिकले अकालमै ज्यान गुमाउन नपरेकाले गाउँपालिकाका लागि अहिलेसम्म सुखद परिस्थिति भएको बताउनुभयो ।


    यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री सरल, सवल र पारदर्शी बनाई सुशासन प्रत्याभूत गर्ने बताउनुभयो । उहाँले विभिन्न रोजगारीका अवसरहरु सिर्जना गरी सबल आत्मनिर्भर गाउँपालिकाको विकास गर्ने कुरामा जोड दिनुभयो ।आव २०७७/०७८ को प्रथम ६ महिनामा भएको खर्च अनुमोदन लगाएत कानुनहरुमा सहकारी ऐन २०७७ पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई जानकारी दिनुभयो 

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६