लुम्बिनी

उद्देश्य अनुरुप संस्थाले काम गर्नु पर्छ : सांसद घिमिरे



कपिलवस्तु १५ माघ ।साना किसान कृषि सहकारी संस्था मोतिपुर  सहकारीको नवनिर्मित भवनको राष्ट्रिय सभा सदस्य विमला घिमिरले विहिवार एक कार्यक्रमका विच  समुद्घाटन गर्नु भएको छ । भवनको उद्घाटन गर्दै सांसद  घिमिरेले सहकारीले सुविधा सम्पन्न भवन बनाएकोमा खुशी व्यक्त गर्दै आफुले पनि सदैव सहयोग गर्ने  जनाउनु भयो ।  संस्थाले उद्देश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिदै आफ्नै भवन निमार्णले गाउँका किसानहरुलाई सहज हुने उहाँले  बताउनु भयो । सांसद घिमिरेले  अगाडि भन्नु भयो , कुनै दिन यहि सहकारीमा कर्मचारीको रुपमा किसानलाई सेवा दिए तर अहिले प्रमुख अतिथि भएर सुविधा सम्पन्न भवन निमार्णको समुद्घाटन गर्न पाउदा अत्यन्तै खुशी छु । 

कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष गुणानिधि भुषाल , ७ का अध्यक्ष विष्णु गिरी , फुलवारी सामुदायिक वनका अध्यक्ष शेषकान्त बेल्बासेले शुभकामना मन्तव्य राख्दै  आगामी दिनमा सहकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । २ करोड ३९ लाख ९२ हजार ३ सय ४६ को लागतमा उक्त सहकारीको भवन निमार्ण गरिएको हो । भिम प्रसाद सापकोटाको अध्यक्षता र भिम वहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

साना किसान कृषि सहकारी संस्था मोतिपुर कपिलवस्तुको एकाइसौं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरिएको छ । जसको अध्यक्षमा भिम प्रसाद सापकोटा , उपाध्यक्षमा  राधिका पन्थ पौडेल रहनु भएको छ । यसै गरि नयाँ  समितिमा हरि शंकर पौडेल , भिम वहादुर थापा , दिल कुमारी के.शी , नाथुराम थारु , लक्ष्मी कडेल , तुलशी पन्थी र सिता भट्राई आचार्य  निर्वाचित हुनु भएको  स्थानिय युवा वावुराम अर्यालले  जानकारी दिनु भयो । 

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६