अर्थ-वाणिज्य

ओली समुहले गरयो प्रदेश देखि जिल्ला सम्म नेतृत्व हेरफेर



बुटवल १५ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व परिवर्तन गरेकोछ ।  नेकपा ओली समुहको लुम्बिनी प्रदेशको विहिबार सम्पन्न बैठकले प्रदेश अध्यक्षमा लिला गिरीलाई चयन गरेको हो ।यस अघि ओनसरी घर्ति रहनु भएको थियो । बुटवलमा भएको बैठकले ओनसरी घर्तीलाई अध्यक्षबाट हटाएर गिरीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।गिरी नेकपा केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज हुनुहुन्छ भने लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री समेत हुनुहुन्छ ।

    बैठकमा अहिले प्रदेशका १२ वटै जिल्ला अध्यक्षहरुले पछिल्लो राजनितीक घटनाक्रम र जिल्लामा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।बैठकले जिल्लामा संयोजक, सहसंयोजक र सचिवहरुको समेत जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार रुपन्देहीको सहसंयोजक तेजेन्द्र केशी र सचिवमा अनुप बराललाई तोकिएको छ ।

    नवलपरासी पश्चिमको संयोजक दिपेन्द्र अधिकारी, पाल्पाको सचिवमा ओम बहादुर घर्ति, कपिलवस्तुको सहसंयोजकमा डम्मर शर्मा र सचिवमा धर्म भुसाललाई जिम्मेवारी दिईएको छ ।त्यस्तै दाङमा संयोजक हुकुम बहादुर विसी, सचिवमा मनोहर बुढाथोकी, बांकेको संयोजकमा सुर्य ढकाल, सहसंयोजक कृष्ण कक्षपती र सचिवमा प्रमोद धिताललाई बैठकले जिम्मेवारी दिएको छ ।

    त्यस्तै बर्दियामा लाल बहादुर श्रेष्ठ संयोजक, शालिकराम अधिकारी सहसंयोजक र पदम ढकाललाई सचिव तोकेको छ । गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक बाल सिंह काउचा र सचिवमा धर्म बहादुर विकलाई तोकिएको छ भने अर्घाखांचीमा तोज बहादुर रायमाझीलाई सचिवको जिम्मेवारी दिईएको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६