शिक्षा

सेटिङ्ग, फिक्सीङ्ग र भोटिङ्ग ओलीका ३ अस्त्र : पहाडी



कपिलवस्तु १५ माघ । मानवअधिकारकर्मी कृष्ण पहाडीले ओलीले सेटिङ्ग फिक्सीङ्ग र भोटिङ्ग गरी ३ अस्त्र प्रयोग गरेर असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेको बताएका छन । उनले ओलीले ब्यक्तिगत लहड र सनकले प्रतिनिधिसभा विघटन गरी न्यायलयलाई समेत बिवादमा तानेको बताए । कपिलवस्तुको तौलिहवामा आयोजित नागरिक सभामा उनले ओलीले व्यक्तिगत सनकका कारण खड्ग प्रदर्शन गरेको बताएका हुन् । 


    ओलीले राज्य सत्ताको सबै संयन्त्र कब्जा गरेर ओलीले देशलाई नै ओलीमय बनाउन खोजेको आरोप लगाए । ‘ओलीको यो असंबैधानिक कदम त्यसै आएको होईन, सेटिङ, भेटिङ गरी फिक्सिङ गरिएको हो ’ उनले भने । ओली र उनका मन्त्रीहरुले असंबैधानिक कदम भएपनि जथाभावि बाल्दै हिडेर अदालतलाई पनि बिवादमा तानेको आरोप लगाएका छन ’ । उनले अदालत मात्र नभै अधिकारको दूरुपयोग गर्दै सेनालाई समेत बिवादित बनाउन खोजेको बताए । 

    उनले आफनो दलको किचलोलाई समाधान गर्न नसेकेर अल्पमतमा परको भन्दै ओेलीले संसद बिघटन गरेर लोकतन्त्रमाथी नै खडक प्रहार गरेको बताए । दलीय व्यवस्थालाई लत्याउँदै ओली निर्दलीय व्यवस्थातिर लागेको उनको आरोप छ । उनले ओलीको कदमप्रति अहिले जनता, नेता, नागरिक समाज, अधिकारकर्मी र संचारकर्मी कोही पनि खुशी नरहेको भन्दै आलीको कदम बिरुद्ध शान्तिपुर्णरुपमा बिरोध प्रर्दशनमा उत्रनु पर्ने बताए । 

    आली पशुपति नाथमा गएको प्रति ईङ्गीत गर्दै बहु चरित्रका ओलीले अहिले संघीयता नै खारेज गर्ने षडयन्त्रमा लागको बताए । उनले राष्ट्रपति जस्तो गरिमा बोकोको संस्था ओलीको सुराकीको काम गरेको उनले बताए । कांग्रेसका सभापति देउवा फेरी प्रधानमन्त्री हुने लोभमा उद्यारो प्रधानमन्त्रीको सपना देखेको बताए । मानव अधिकारकर्मी रामदयाल ठाकुरको अध्यक्षता, माया ज्ञवालीको संचालनमा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनी, पूर्व राजदुत दिप कुमार उपाध्ययाय, जनता समाजबादी पार्टीका कालीपद शर्मा , बारका जिल्ला अध्यक्ष हुम बहादुर कुवर, नवराज तिवारी लगायतले मन्तब्य दिएका थिए । 

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६