जीवनशैली

बिष सेवनवाट आमा सहित २ छोरीको मृत्यू



नवलपरासी  १६ माघ। नवलपरासीमा कहाली लाग्दो घटना भएको छ । आमाले आफ्नै आमाले दुई छोरीलाई समेत बिष सेवन गराएर आत्महत्या गरेकी छन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति आफुसगै २ छोरीलाई समेत विष खुवाएको नवलपरासी प्रहरीले जनाएको छ ।

    विष सेवनका कारण चौधरीकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया हेमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले बताए । विष सेवन गरेर बेहोस अवस्थामा भेटिएपछि परासी स्थीत पृथ्वीचन्द्र अस्पताल पु¥याइएको थियो । अवस्था गम्भीर रहेका उनीहरुको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा पठाइएको थियो ।

    उपचारका क्रममा तिनै जनाको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक लामाले जानकारी दिए । विष सेवन पछि घरभित्र छट्पटीए पछि चिच्चाएको आवाज सुनेपछि स्थानीयहरु घरको छतबाट कोठामा पुगेर उद्धार गरेका थिए । कोठामा दुई वटा चिया पिउने गिलासमा पानी जस्तो तरल पदार्थ देखिएकाले त्यसैमा विष राखेर छोरीहरुलाई दिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि विदेशमा छन् । अनिता दुई छोरिसहित घरमा बस्दै आएकि थिईन ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६