चन्द्रौटा १६ माघ । कपिलवस्तुको शिवराज नगरपालिकामा एकैसाथ ६ सय बढी गरिव र विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत कम्बल बितरण गरिएको जिल्ला कार्यक्रम सहजकर्ता बिजय सापकोटाले बताउनुभयो ।
शिवराज नगरपालिका वडा न १ का ८८ जना,वडा २ का ४१ वडा ३ का ८२ जना वडा न ४ का ७८ वडा ५ का ६४ जना वडा ६ का ४५ वडा ७ का २४ जना वडा ८ का ४० वडा ९ का ४९ जना ,वडा १० का ३५ जना वडा ११ का ६५ जना गरिव तथा विपन्न वृद्धवृद्धालाई छनोट गरिएको छ । छनोट भएका अधिंकाश जेष्ठ नागरिकहरुलाई वितरण भइसकेको र केहि वडाका वाकि रहेको सहजकर्ता सापकोटाले बताउनुुभयो ।
नगरमा बसोवास गर्ने ८० वर्ष पुुरा भएका विपन्न नागरिकहरुलाई छनोट गरेर वडा मार्फत बितरण गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुुभयो । चिसोको मौसम बढेकोले न्यानो कम्बलले वृद्धवृद्धाहरुलाई सहज हुने उहाँले बताउनुुभयो । जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल वितरण कार्यक्रम प्रभावकारी भएको वडा ७ का अध्यक्ष अनुुपकुमार चौधरीले बताउनुुभयो । गरिव भएका कारण जाडोमा कठ्याग्रिएका वृद्धाहरुलाई कम्बल पाएपछि उनीहरुलाई सहज भएको चौधरीले बताउनुुभयो ।
प्रतिक्रिया