ब्रेकिंग न्युज

कोरोना संक्रमणका कारण बाँकेमा स्वास्थ्यकर्मीको मृत्यु



 दाङ १६ माघ ।  बाँकेमा एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण शुक्रबार बिहान मृत्यु भएको छ।बैजनाथ गाउँपालिका टिटेहरिया स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीया सिनियर अनमी रम्भा भारतीको मृत्यु भएको बाँकेका जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

भारतीको शुक्रबार बिहान ५ स् २७ बजे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो।सिनियर अनमी भारती कोरोना संक्रमण पुष्टि भएपछि माघ १४ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन्।योसँगै बाँकेमा हालसम्म कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ।देशमा फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई कोरोनाविरूद्धको खोप लगाउने क्रम जारी रहँदा सिनियर अनमीको कोरोनाकै कारणले मृत्यु हुनु दुःखद घटना मान्नुपर्ने फोकल पर्सन वलीले बताउनुभयो ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६