कपिलवस्तु १६ माघ । नेपाल कम्युनिस्ट पार्टी शिवराज नगर कमिटी सदस्य, चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव गोपाल बञ्जाडेले आफ्नो जन्मदिनको अवसरमा भोजन दान र स्वास्थ परिक्षण गर्नुभएको छ । बञ्जाडेले कपिलवस्तुको खरेन्द्रपुरमा रहेको बालहंस साङवेद आश्रममा रहेका २५ जना बटुकलाई भोजन दान सहयोग गर्नु भएको हो ।नेपाल आयुर्वेद आौषधि व्यबसायि संघ कपिलवस्तुका जिल्ला अध्यक्ष समेत रहनुभएका बञ्जाडेले निशुल्क स्वास्थ्य परिक्षण समेत गर्नु भएको छ ।
आश्रममा बसेका बटुकहरुलाई भोजनदान र अध्ययनका लागि आवश्यक सामग्री बितरण गर्दै उहाँले सहयोग गर्नु जन्मको सार्थकता भएका कारण आफुले सिर्जनसिल समाजमा सहयोग गरेको बन्जाडेले बताउनुभयो ।कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष महादेव पोखरेल ,समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरका प्राध्यापक नारायण बन्जाडे , बालहंस साङवेद आश्रम खरेन्द्रपुरका प्राचार्य गोकुल प्रसाद सुवेदी , हिमालय कम्पनीका ज्ञानेन्द्र बन्जाडे लगायतले जन्मदिनको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया