कपिलवस्तु १६ माघ । कपिलवस्तुमा कोरोना खोप (कोभिडशिल्ड) लगाउन तिनवटा खोप केन्द्र थप भएका छन् । कपिलवस्तु जिल्लामा जिल्ला अस्पतालले मात्रै खोप केन्द्रको अनुमति पाएको थिो । अहिले थप ३ पालिकाका स्वास्थ्य संस्थाले पनि खोप केन्द्रको अनुमति पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसार थप भएका खोप केन्द्रहरुमा पिपरा अस्पताल (बाणगंगा), शिवराज अस्पताल (कृष्णनगर) र शिवराज आधारभूत अस्पताल (शिवराज) नगरपालिका रहेका छन् । अब ती अस्पतालका स्वास्थ्यकर्मीलाई आवश्यक प्राविधिक ज्ञान तथा प्रशिक्षण दिएपछि त्यहाँबाट नै कोरोना खोप लगाउन सकिने छ ।सुरुमा फ्रन्टलाइनमा रहेर काम गर्ने जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शवबाहन तथा एम्बुलेन्स चालक आदिलाई पहिलो चरणमा पहिलो डोज दिइने छ ।
१६ माघ २०७७, शुक्रबार
प्रतिक्रिया