शिक्षा

कक्षा ११ र १२ मा गणित विषय अनिवार्य



बुटवल १६ माघ । कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राखिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राख्ने निर्णय गरेको हो ।अब कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणित मध्ये विद्यार्थीले एक रोज्न पाउनेछन् ।‘कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणित मध्ये विद्यार्थीले एक रोज्न पाउनेछन् ’, शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यो निर्णयसँगै गणित विषयको विवाद सकिएको छ ।

’यसअघि नयाँ पाठ्यक्रममा गणित विषयलाई चौथो समूहमा राखिएको थियो । ऐच्छिकमा राखिएकाले विद्यार्थीले चाहेमा मात्र पढ्न पाउने थिए ।पाठ्यक्रमको विषयलाई लिएर सर्वोच्चमा रिटसमेत परेको थियो । सर्वोच्चले नयाँ पाठ्यक्रम लागू गर्न र गणित विषयको विवाद समाधान गर्न निर्देशनात्मक आदेश दिएको थियो । अब नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुनेछ ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६