प्रदेश

लुम्विनीमा कोरोना खोपको नेतृत्व कसले गर्दैछ ?



रुपन्देही १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनमा प्रदेश स्तरको लागि ७ जना संयोजक तोकेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा खोप व्यवस्थापनको लागि डा विकास देवकोटा तोकिएका छन् ।संयोजकलाई सम्बन्धित प्रदेशमा खोप अभियानका व्यवस्थापन,खोप अभियानमा देखा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
    त्यसैगरी सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेल, कर्णाली प्रदेशमा डा अनुज भट्टचन र गण्डकी प्रदेशको लागि डा जागेश्वर गौतमलाई संयोजकको जिम्मेवारी दिइएको छ ।त्यस्तै बागमती प्रदेशमा डा गुणराज लोहनी, प्रदेश २ मा डा मदनकुमार उपाध्याय र प्रदेश १ को लागि डा तारानाथ पोखरेललाई संयोजकको जिम्मेवारी दिइएको हो।भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको छ।अहिले उक्त खोप टेकुस्थित केन्द्रिय भण्डारण केन्द्रमा राखिएको छ ।
    खोप लगाउने व्यक्तिहरुको जिल्लागत विवरण एकिन भएपछि मात्र प्रदेशमा पठाउने मन्त्रालयको तयारी छ ।अनुदानमा आएको खोप सुरुमा स्वास्थ्यकर्मी एम्बुलेन्स चालक, सफाई कर्मचारी,शब व्यवस्थापकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १७ माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६