प्रदेश

बुटवल काठमाडौ कै हाराहारीमा छिटटै पुग्छ : मन्त्री बराल



बुटवल १७ माघ ।  लुम्विनी प्रदेशको बुटवललाई  स्वास्थ्य उपचार पाउने सुविधाका हिसावले काठमाडौकै हारीहारी पुराउने कार्ययोजनाका साथ सरकारले काम गरेको सामाजिक विकास मन्त्री शुदर्शन वरालले वताउनु भएको छ । बुटवलमा भएको औषधी व्यवसायीहरुकोे प्रादेशिक भेलाको उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारका  मन्त्री  बरालले यस्तो वताउनु भएको हो ।

     उदघाटन कार्यक्रममा बोल्दै प्रदेशका समाजिक विकास मन्त्री  बरालले विगतमा जस्तै औषधि व्यवस्था तथा उपचारका लागि देशको राजधानी काठमाण्डौं धाउनुपर्ने समस्यालाई अन्त्य गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताउनु भयो  ।उहाले औषधि व्यवस्था विभागमा अझै पनि जनशक्ति व्यवस्थापनको समस्या रहेको बताउँदै  त्यसका लागि संघीय सरकारले प्रदेशलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई विभागमा जनशक्तिको समस्यालाई स्वीकार गर्दै विभागलाई व्यवस्थीत गर्दै लगिने स्पष्ट पार्नु भयो ।

    संघीय संचरना अनुसार संघको संरचना गठन गर्नका लागि प्रथम अधिवेशन बुटवलमा भएको हो । अधिवेशनले आगामी ३ वर्षका लागि प्रदेश स्तरको नेतृत्व चयन गर्दै छ ।लुम्बिनी प्रदेश तदर्थ समितिका संयोजक शिव ज्ञवालीले व्यवसायीहरुको कार्य क्षमताका लागि व्यवसाय सहायक तालिम, संस्था नविकरणमा देखिएका समस्या तथा विभिन्न ठाउँ र शिर्षकमा सरकारलाई तिर्नु पर्ने कर लगायतका विषयमा औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण गराएका छन् । रुपन्देही जिल्ला अध्यक्ष सुरज भट्टराईका अनुसार व्यवसायी संघले प्रकाशन गरेको ‘औषधी व्यवसायी सन्देश’ नामक पुस्तक समेत विमोचन गरिएको थियो ।

प्रकाशित : १७ माघ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६