कपिलवस्तु १८ माघ । लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले सनकको भरमा प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोे आरोप लगाउनु भएको छ । नेपाली जनताको बलिदानी र योगदानले ल्याएको नेपालको संविधान प्रधानमन्त्री ओलीले कुल्चिएको आरोप लगाउनु भयो । मानव अधिकार तथा शान्ती समाज कपिलबस्तुले आयोजना गरेको अन्तर सवाद कार्यक्रममा सांसद पन्थीले ओलीले प्रधानमन्त्री बन्ने वित्तीकै सबै अधिकार आफुमा केन्दीत गरेको आरोप समेत लगाउनुभयो ।
उहाले प्रधानमन्त्री केपि ओलीले आफूलाई श्री ३ महाराज घोषणा गर्न सक्ने भन्दै यसलाई कुनै आश्चर्यका रुपमा लिनु नपर्ने वताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै सांसद रिना नेपालले बर्तमान सरकारको पालमा देशमा हत्या, हिंसा, बलत्कार लगाएतका जघन्य किसिमका अपराध बढ्दै गएको औल्याउनुभयो । सांसद नेपालले संविधान र लोकतन्त्रको रक्षाका लागि आफु सधै लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख तारावती चौधरी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनी, नेपाल शिक्षक महासघं कपिलबस्तुका अध्यक्ष देवकला सुवेदी कमाल लगाएतले बोल्दै प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्री कदम विरुद्ध सधै एक्यबद्धता जनाउने बताउनुभएको थियो ।
प्रतिक्रिया