काठमाडौं १८ माघ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ ।अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरे ।‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, जनतालाई दुःख दिने काम गर्नुभयो ।’ उनले संसद विघटन गलत भएको तर्क गरे ।संसद विघटनविरुद्ध परेका एक दर्जन बढी रिटहरुमा यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।
१८ माघ २०७७, आइतबार
प्रतिक्रिया