लुम्बिनी

नेपाल क्रसर तथा खानी उद्योग महासंघको अध्यक्षमा न्यौपाने



बुटवल १८ माघ । नेपाल क्रसर तथा खानी उद्योग महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट सिताराम न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नया समिति निवार्चित गरेको छ ।शनिबार भएको साधारण सभाबाट ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाटप्रदिप कुमार खड्का, प्रदेश ३ बाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राज गिरी, सह-सचिवमा मीन बहादुर शाही, कोषाध्यक्षमा याम बहादुर मल्ल, सह-कोषाध्यक्षमा विप्लव हमाल निर्विरोध भएका थिए ।शनिबार अबेर अध्यक्ष र सदस्य पदमा भने मतदान भएको थियो ।

जसमा अध्यक्षका उम्मेदवार किरण थापालाई १२ मतले पराजित गर्दै सिताराम न्यौपाने विजयी भएका हुन् ।महासंघको सदस्यमा अमर विक्रम शाहले ६२, बेचन शर्मा ठाकुरले ६८, विकास नारायण श्रेष्ठले ५२, केदार गिरिले ६४, सरोज कुवरले ६२, शारदाप्रसाद ढकालले ४६, शंकर न्यौपानेले ४८ मत ल्याएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत जगदिश बमले बताए ।

प्रकाशित : १८ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६