कपिलवस्तु १९ माघ । बाणगंगा नगरपालिकाको ८ औ नगर सभा फाल्गुण ७ गते हुने भएको छ । आईतबार नगरकार्य पालिकाको बसेको आकास्मिक बैठकले ८ औ नगर सभा फाल्गुण ७ गते गर्ने निर्णय गरेको हो । यस्तै बैठकले लगत सहभागिता तर्फ ५०ः५० र ७०ः३० को २ करोड रुपैया बजेटको योजनालाई ११ वटै वडा नछुट्नेगरि बाडफाड गरिएको नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले बाणगंगा, कोइली र धिरी खोलाको आय ठेक्का स्विकृत गरेको छ । पहिलो बोलकबुल दाता बाणगंगाको दिपिका निमार्ण सेवालाई,कोइली खोलाको ओम सत्य साई कन्स्ट्क्सनलाई र धिरी खोलाको एम डि कन्स्ट्क्सनलाई दिने निणर्य गरिएको छ । त्यसैगरी राष्ट्पति शैक्षिक सुधार कार्यक्रम अन्तरगत नगरका विभिन्न २१ वटा विद्यालयलाई सिफारिस गर्ने तथा भुुमिहिन सुकसम्बासी र अव्यवस्थीत बसोबासीको लगत संकलन इकाई प्रमुखमा नगरका शिक्षा अधिकृत खिमबहादुर जिसीलाई तोक्ने निणर्य भएको छ ।
यस्तै बौद्ध दर्शनको कक्षा ८ को पाठ्इक्रम निमार्णको लागि डम्मर शर्माको संयोजकत्वमा समिती समेत गठन गरिएको छ । जसको सदस्यहरुमा पोमनारायण पौडेल, गोविन्द खनाल,चर्तुभुज पाण्डे, सदस्य सचिवमा नगर शिक्षा अधिकारी बाबुराम भटट्राई रहनुभएको छ । यसैगरि बैठकले सर्पदंश उपचार केन्द्र गोरुसिंगेलाई रु. २ लाख सहयोग उपलब्ध गराउने निणर्य गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले जेष्ठ नागरिक सेवा मिलन केन्द्र संचलान तथा व्यवस्थापन सम्बन्धी कार्याविधि २०७७,नगरपालिकाको राहत तथा विपद व्यवस्थापन कोष संचालन कार्याविधि २०७७ पनि स्विकृत गरेको छ । नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर चक्रपाणी अर्यालको उपस्थिती सहित प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डांगीको संचालनमा बैठक सम्पन्न भएको हो ।
प्रतिक्रिया