प्रदेश

देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज हुँदै



 काठमाडौं १९ माघ । देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाँदैछन् ।

धनुषामा करिब डेढ घण्टा बिताएर उनी सिरहाको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । ‘मौसम अनुकूल भए प्रधानमन्त्रीज्यू सवा ११ बजेसम्म ढल्केबर आइसक्ने भन्ने छ,’ धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले अनलाइनखबरसँग भने, ‘यहाँ करिब डेढ घण्टा बिताउने भन्ने पूर्वनिर्धारित तालिका छ ।’ उदघाटन समारोहपछि प्रधानमन्त्री ओली सिरहा हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन् । यस्तै कूल ४००\२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।

ढल्केबर सबस्टेशन बनेसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ । मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न पनि सकिने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६