लुम्बिनी

कोरोना सङ्क्रमणको लागि सरकारले बन्द गरेको दाङको कोइलाबास नाका खुला



दाङ १९ माघ । कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथामको लागि सरकारले बन्द गरेको भारतसँग जोडिएको दाङको कोइलाबास नाका खुला गरिएको छ । कोरोना भाइरस नेपाल भित्रिन नदिनको लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि नेपालमा लकडाउनको घोषण गरेर नेपाल भारत सीमाक्षेत्र प्रवेशद्वारमा आवतजावतमा रोक लगाएको थियो । करिब दश महिनापछि गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकले कोइलाबास नाका खुला गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म नाका बन्द हुँदा जीवन थप कष्टकर बन्दै गएको स्थानीय खालकी सिद्धिकिले कोइलाबास नाका खुला भएसँगै जनजीवन सहज भएको जानकारी दिनुभयो । कोभिड-१९ को कारण लगातार आठ महिना लामो समयसम्म बन्द रहेको नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन स्थानीयहरुले माग गर्दै आइरहेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङ्गेलले नाका बन्दका कारण स्थानीयले निक्कै पीडा खेप्नु परेको जानकारी दिनुभयो । दाङ जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यले स्थानीय पालिकाले कोइलाबास नाकामा तुरुन्तै हेल्थडेस्क स्थापना गर्नुपर्ने बताउनुभयो । ‘नाका खुला भएपछि स्वास्थ्य जाँचको लागि अनिवार्य रुपमा हेल्थडेस्कको स्थापना गर्नुपर्ने हुन्छु उहाँले भन्नुभयो  गाउँपालिका हेल्थडेस्कको स्थापना गर्नासाथ हामीले यताबाट सीमाक्षेत्र खुला गर्न परिपत्र गर्छौ ।

सीमाक्षेत्रमा जोकोही पनि जाँचको क्रममा रिपोर्ट नेगेटिभ आए प्रवेश गर्न दिने अन्यथा रिपोर्ट पोजेटिभ आएमा प्रवेशमा रोक लगाइने छ ।’ गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले जिल्ला प्रशासन कार्यालय दाङबाट कोइलाबास नाकामा स्वास्थ्य जाँचको लागि हेल्थडेस्क स्थापना गर्ने परिपत्र आए तत्कालै स्थापना गरेर स्वास्थ्यकर्मी खटाउने जानकारी दिनुभयो ।

गएको बिहीवार गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो । यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो ।भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् । खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगेर तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् । 

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६