काठमाण्डौ २० माघ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु गरेको छ । प्राधिकरणले सोमवार ९हिजो० प्रदेश नम्बर २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो ।कार्यसम्पादनमा राखिएका सूचकहरुको वस्तुनिष्ठ मूल्याङ्कन गरि शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ । प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका वितरण केन्द्रहरुको चुहावट अहिले १५ प्रतिशतभन्दा धेरै छ, यसलाई १२ दशमलव ०८ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ ।
कार्यक्रममा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् चुहावट नियन्त्रण, राजस्व सङ्कलन, विद्युतीकरण, ग्राहकसँगको सेवा प्रवाह सुधार र दिइएका लक्ष्य पूरा गर्ने लगायतमा केन्द्रित भइ काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।कार्यसम्पादनको हरेक चाररचार महिनामा मूल्याङ्कन गरिने प्राधिकरणले जनाएको छ । हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको लक्ष्यको कम्तीमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको छ । तर ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानेर बढुवामा कम नम्बर दिने र नगद तथा गैर–नगद प्रोत्साहन नपाउने लगायतको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया