अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशका मन्त्रीले तोके सबैका घरमा धारा पुग्ने म्याद



रुपन्देही २१ माघ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले तीन बर्ष भित्रै प्रदेशका सवै घरमा एक घर एक धारा पु¥याउने प्रतिवद्धता जनाउनु भएको छ । मन्त्री चौधरीले प्रदेशका १२ वटै जिल्लामा खानेपानी समस्याको दिर्घकालीन समाधानका लागि एक घर एक धारा अभियान चलिरहेको बताउँदै खानेपानीका लागि घण्टौ हिँडेर पानी बोक्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । 

बुटवल १२ स्थित तामनगर राजपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १२ औं बार्षिक साधारण सभा तथा नवनिर्मित कार्यालय भवनको सोमवार उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेश र संघबाट हस्तान्तरण भई आएका एक हजार तीनसय बढी खानेपानी योजना प्रदेशमा निर्माण भैसकेको भन्दै अवको तीन बर्ष भित्रै खानेपानीको समस्या समधान हुने बताउनुभयो ।

उहाँले खानेपानी संस्थाहरुको स्तरबृद्धि गर्दै नागरिकलाई सर्वसुलभ पानीको पहुँच पु¥याउन प्रदेश सरकार लागिपरेको समेत बताउनुभयो । मन्त्री चौधरीले प्रदेशभर सञ्चालनमा रहेका खानेपानी योजनाका लागि प्रदेश सरकारको बजेट कम हुने बताउँदै संघबाट बजेट थप गरी योजनालाई समयमै सम्पन्न गराउने समेत प्रतिबद्धता जनाउनुभयो ।

प्रदेशबाट सञ्चालित ६ सय बढि आयोजना र संघबाट हस्तान्तरण भइ आएका करिव सातसय आयोजना क्रमशः तीन बर्ष भित्र पूरा गर्ने मन्त्री चौधरीको भनाई छ ।कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगिकुटीका कार्यालय प्रमुख राजकुमार चौधरीले उपभोक्तालाई स्वच्छ खानेपानी सर्वसुलभ रुपमा उपलब्ध गराउन आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष जितबहादुर राहादीले खानेपानीको पाईप लाइनलाई अझै विस्तार गर्दै धेरै उपभोत्ताहरुलाई सेवा दिने बताउनुभयो । 

उहाँले खानेपानी तथा सरसफाईका क्षेत्रमा संस्थाले उल्लेख्य काम गरेको बताउदै आगामी दिनमा स्थानिय र प्रदेश सरकारसंग समन्वय गरी कार्य गर्ने बताउनुभयो । सो अवसरमा मन्त्री चौधरीले २९ लाखको लगानीमा निर्मित भएको कार्यालय भवन समेत उद्घाटन गर्नुभएको थियो । 

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६