अर्थ-वाणिज्य

उद्योग बाणिज्यसंघको सर्वसहमत नेतृत्वकालागि ४ कारणले जुटेन सहमति



कपिलवस्तु २१ माघ ।कपिलवस्तु उद्योग बाणिंज्य संघको चुनावमा सर्वसहमत रुपमा नेतृत्व छान्न केहिदिन देखि निरन्तर वार्तामा जुटेका नेकपा र कांग्रेस निकटका ब्यावसायी नेता र पार्टीका जिम्मेवार नेताको बीचमा ४ कारणले सहमति हुन नसकेको पाइएको छ । पहिलो कारण हो  नेकपाका २ समुहको साझा उम्मेदवारी सर्वसहमत रुपमा तय  हुनु । जसका कारण नेकपा समर्थित ब्यवासायीले अर्काे समुहसंग अर्काे पटक नेतृत्व दिने लिखित सहमति गर्न अश्विकार गर्नुले सहमति जुटेन ।


दोश्रो कारण नेपाली कांग्रेस समर्थित समुहमा यसपाली जसरी पनि लड्ने जितहारलाई स्वभाविक ठान्ने भावनाले डोलकराम घिमिरेलाई अगाडी सारिएकाले सहमतिका लागि इच्छाभावना कमजोर देखियो । तेश्रो नेकपा समुहमा २ तिहाई मत आफ्नै पक्षमा रहेको भन्ने प्रारम्भीक विष्लेषणले धेरै त्याग गर्ने असमर्थता देखिएकोले  सहमति जुट्न नसकेको वार्तामा सहभागि एक सदस्यले वताए । चौथो कारणले नेपाली कांग्रेस समर्थित समुहले नेकपाको विभाजित मानसिकतामा केहिपद लडेर जित्न सकिने आकलन गरेको र हारेमा २ समुह एक हुदा हारियो भन्ने जितेमा नेकपाका २ समुहलाई हराउन सफल भन्ने प्रचार गर्न पाइने भएकाले सहमतिकालागि त्यति तयार देखिएन वार्तामा सहभागिले वताए । 

फलस्वरुप नेकपा समर्थितका तर्फवाट अध्यक्ष पदमा टोपनारायण  बेल्बासेले  उम्मेदारी घोषणा गर्नु भयो । उहाको समुहवाट वरिष्ठ उपाध्यक्षमा छबी रेश्मी मगर , उद्योग तर्फ उपाध्यक्षमा कृष्ण सापकोटा , वाणिंज्य तर्फको उपाध्यक्ष  कृष्ण प्रसाद गैरे , एसोसिएट तर्फ उपाध्यक्ष बिरेन्द्र खाँण , वस्तुगत उपाध्यक्ष तर्फ बाबुराम पाण्डे , महासचिवमा कुशल पौडेल र सचिवमा खिमानन्द पौडेल ( कपिल) रहनु भएको छ । 

त्यस्तै कोषाध्यक्षमा मनोहर योगी , सहकोषाध्यक्षमा यम बहादुर के.सी  रहनु भएको छ । महिला सदस्य तर्फ शान्ति क्षेत्री , गिता पौडेललाई अगाडि सारिएको छ । त्यस्तै लेखा समिति संयोजकमा मोहन न्यौपाने सदस्यमा कृति मल्ल रहनु भएको छ ।यता अर्काे समुहवाट  अध्यक्षमा डोलकराम घिमिरे बरिष्ठ उपाध्यक्षमा  लक्ष्मण अधिकारी ,उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे ,बाणिंज्य उपाध्यक्षमा , खुमानन्द घिमिरे महासचिवमा  मनोज पौडेल ,कोषाध्यक्षमा बिनोद पन्त ,सचिवमा शंकर प्रसाद न्यौपाने ,सह कोषाध्यक्षमा  सेराज अहमद लाई उम्मेदवार वनाइदैछ । 

महिला उपाध्यक्षमा  इन्दिरा तिमिल्सीना ,महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेल ,एसोसियट उपाध्यक्षमा टोपनारायण भण्डारी , सदस्यमा लक्ष्मण भुसाल र मनोज बानियालाई उम्मेदवार वनाउने भएको छ । यस्तै वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल ,लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्तलाई चुनावी मैदानमा लडाउने नेपाली काग्रेस पक्षले निर्णय गरेको हो ।

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६