लुम्बिनी

अवासको अधिकारको अवस्था विषयक अन्तरकृया सम्पन्न



  कपिलवस्तु  २१ माघ । अनौपचारीक क्षेत्र सेवाकेन्द्र इन्सेको आयोजना तथा मानवअधिकार समुह बुद्धभुमिको समन्वयमा आवासको अधिकारको अवस्था विषय अन्तरकृया कार्यक्रम  बुद्धभुमि नपा २ गोरुसिहेंमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा बुद्धभुमि नपा वडा न २का वडा अध्यक्ष भेषराज खनालले आवासको अधिकार अन्तरगत नगरभित्र रहेका दलित तथा विपन्न परिवारका लागी जनता आवास कार्यक्रम, सुरक्षित आवास र खरका छाना मुक्त गर्ने कार्यक्रम रहेको जानकारी दिदै फागुन महिना भित्रमा जस्ता पाता वितरण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

हरेक नागरिक सुरक्षित आवासमा बस्ने पाउने अधिकार सुनिश्चित गर्न नगरपालिकाले योजना बनाई अगाडी बढने बताउनु भयो । नेपालको संविधानको मौलिकहक अन्तरगत धारा ३७ले सुरक्षित आवासको अधिकारको ब्यावस्था गरेकोले स्थानीय सरकारलेपनि खरका छाना मुक्त गर्ने कार्यक्रमको शुरुवात गरेको बताउनु भयो । यसै गरी बुद्धभुमि नपगरपालिकाका इन्जिनियर देउ वहादुर गाहाल्े प्रद्ेश सरकारको सहयोगमा जनता आवास कार्यक्रम अन्तरगत वडा न ९मा दलित तथा विपन्न परिवारका १० घर निमार्ण हुदै गरेको र सुरक्षित आवास अन्तरगत प्रत्येक वडामा ३० जना दलित विपन्न लाई रु ५० हजारका दरमा सहयोग गर्ने तथा खरका छाना मुक्त गर्ने कार्यक्रम अन्तरगत नगरपालिका सबै वडावाट गरि २ हजार बढी निबेदन संकलन भएकोले छानविन गरि वितरण गर्ने बताउनु भयो ।

नगरपालिकाले आव ०७५।०७६ २५ लाख आर्थिक वर्ष ०७६।०७७मा ५०लाखको टिन खरिद गरेको र प्रदेश सरकारले ७५लाखका टिन खरिद गरि दिएको थियो । तर विभिन्न बाहानामा वितरण हुन नसकेको अवस्थामा अव कार्यविधि बनाई वितरण गर्ने इीजनियर गाहाले जानकारी दिनु भयो । यसै गरि कार्यक्रममा नेपाल महिला एकता समाजकी अध्यक्ष नारायणी पाण्डे, मानवअधिकार समुहका सचिव रुपक खनाल, इन्सेक प्रतिनिधि पार्वती आचार्य लगाएतले आवासका अधिकारको अन्तरगत रहेका समस्याका वारे जानकारी गराउनु भएको थियो ।

मानवअधिकार समुह उपाध्यक्ष राधा बन्जाडे अदैको अध्यक्षता मानवअधिकार समुहको सहसचिव सुमित्रा भट्टराईका संचालन र सदस्य सुनिता बेलवासेको स्वागतमा सम्पन्न कार्यक्रममा इन्सेक सहजकर्ता नन्दराम पौडेलले कार्यक्रमको उदेस्य माथि प्रकास पार्न भएको थियो भने मानवअधिकार समुहका सदस्य तथा अधिबक्ता महेन्द्र खनालले आवासका अधिकार विषयमा बनेको ऐनको विषयमा आधारपत्र प्रस्तुत गर्नु भएको थियो । 

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६