लुम्बिनी

लुम्बिनी प्रदेश स्थापनाकालको ३ बर्ष पूरा: ५९ वटा कानुन बने



बुटवल २१ माघ । लुम्बिनी प्रदेश स्थापनाकालको ३ बर्ष पूरा गरेको छ । स्थापनाकाल देखि हाल सम्म प्रदेश सभाले ६ वटा अधिवेशन गरेको छ । प्रदेश सभामा ६५ वटा विधेयक दर्ता भएकामा ५९ वटा पारित भएका छन् । कानुन बनाउने प्रदेश सभामा लुन्बीनी प्रदेश सभा सबैभन्दा अगाडी रहेको छ ।हाल सम्म प्रदेश सभाले ५९ वटा कानुन बनाईसकेको छ । शून्य संरचनाबाट शुरु भएको प्रदेशसभाका लागि आवश्यक सभा हल, विषयगत समिति संसदीय दलका कार्यालय र पुस्तकालय तयार भएका छन् ।कार्यालयको प्रभावकारी र मर्यादित व्यवस्थापन गर्न प्रदेशसभाले संविधानको धारा, १९५ बमोजिम प्रदेशसभा सचिवालयको स्थापना र सचिवको व्यवस्था गरेको छ ।कोरोना महामारीका कारण प्रदेशसभा त्यति सक्रिय छैन । यद्यपि कोरोना महामारीकै बीच केही दिन मात्रै बसेको प्रदेशसभाले ढिलै भए पनि प्रदेशको नाम र राजधानीको टुङ्गो लगायो ।

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६