शिक्षा

कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा नेपालको नयाँ नक्सा समावेश



काठमाडौं २१ माघ।सरकारले लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा समेटिएको जानकारी दिए। यस अघि केही त्रुटि भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पाठ्यपुस्तकबाट हटाउन लगाएको भन्दै आलोचना भएको थियो।भारतले मिचेको लिम्पियाधुरा तथा कालापानीसहित भूभाग फिर्ता गरी नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको थियो। सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो। जुन कदम देशैभर स्वागत भएको थियो। तर पछि सरकारले पाठ्यक्रममा यो नक्सा नराख्दा यसको विरोध भएको थियो। योसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन्।

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६