कपिलवस्तु २१ माघ । कोभिडबाट आक्रान्त ब्यवसायीलाई राहत र उद्योगमैत्री वातावरण निर्माणका निम्ति आफ्नो नेतृत्वमा प्यानल सार्वजनिक गरिएको अध्यक्षका उम्मेद्वार टोपनारायण बेल्बासेले बताउनु भयो । सफल उद्योगी बेल्बासेलाई नेकपाका दुवै समूहको समर्थन रहेको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको १४ औं साधारण सभा तथा सातौ अधिवेशन माघ २३ र २४ मा सम्पन्न हुने भएको हो । अध्यक्षका उम्मेद्वार बेल्बासे २०४८ साल देखि निरन्तर ब्यवसायीको पक्षमा आफुलाई उभ्याउदै र संघको स्थापना कालदेखी नै विभिन्न जिम्मेवारीहरु कुशलतापूर्वक सम्पन्न गरेको दावी गर्न भयो ।
बेल्बासेले खुला सिमानाका कारण एकातिर राज्यको राजश्व ठगी भएको र अर्को तर्फ खास ब्यवसायी मारमा परेको तर्क गर्दै उपभोक्तालाई सही मूल्यमा वस्तु उपलब्ध गराउनु पर्ने विषय आफुहरुको महत्वको विषय रहेको धारणा राख्नु भयो । अध्यक्षका उम्मेद्वार बेल्बासेले औद्योगिक कोरिडोर निर्माण गर्ने विषय, उद्योगीको राष्ट्रिय, अन्तराष्ट्रिय अवलोकन भ्रमण, क्षमता तथा सिपको विकास, कृषि, पर्यटन, उद्यमको प्रवर्धन जस्ता विषयलाई आफुहरुले निकै महत्वका साथ अगाडी बढाउने धारणा राख्नु भयो ।
प्रतिक्रिया