अन्तर्राष्ट्रिय

प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि म्यानमार प्रहरीले मुद्दा दायर



 काठमाडौं २१ माघ । म्यानमारमा हिरासतमा लिइएकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि म्यानमार प्रहरीले मुद्दा दायर गरेको छ । सोमबार सैन्य कू भएपछि हिरासतमा लिइएकी नेतृमाथि बुधबार प्रहरीले मुद्दा दायर भएको हो ।म्यानमारको प्रहरीको कागजातअनुसार सुकीलाई १५ फेब्रुअरीसम्मका लागि हिरासतको म्याद थपिएको छ । सुकीमाथि दायर गरिएको मुद्दामा उनले आयातरनिर्यातको कानुन उल्लंघन गरेको तथा अवैध सञ्चार उपकरण प्रयोग गरेको उल्लेख छ ।यद्यपि अहिले सुकीलाई कहाँ राखिएको छ भन्ने खुलेको छैन ।

सोमबार कू गरिएसँगै उनलाई छुट्टै राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । केही सञ्चारमाध्यमहरुले भने उनलाई आफ्नै घरमा राखिएको बताएका छन् ।कू गरिएसँगै हिरासतमा लिइएका राष्ट्रपति विन मिन्टलाई पनि मुद्दा दायर गरिएको छ । उनलाई भने कोरोना महामारी नियन्त्रणको लागि भिड जम्मा गर्नमा लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोप लगाइएको छ । उनलाई पनि दुई साताका लागि हिरासतको म्याद थपिएको छ ।म्यानमारमा कू भएपछि राष्ट्रपति र सुकीलाई सार्वजनिक गरिएको छैन ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६