अर्थ-वाणिज्य

दोहोरो राजश्व प्रणाली ब्यवसायीका निम्ति बाधक : अध्यक्षका उम्मेद्वार बेल्बासे



कपिलवस्तु २२ माघ । उद्योगी, ब्यवसायीहरु सरकारको दोहोरो राजश्व प्रणालीका कारण मारमा परेको दावी गर्दै त्यसलाई  स्थानिय सरकार मार्फत खारेजीको एजेण्डा उठाउदै अगाडी बढने अध्यक्षका उम्मेद्वार टोपनारायण बेल्बासेले बताउनु भयो । अध्यक्षका उम्मेद्वार बेल्बासेले मूल्य अभिवृद्धि कर (भ्याट) र पानलाई प्रविधिमैत्री बनाई सहज बनाउदै लैजानुपर्नेमा जोड दिदै बजार मूल्यमा समेत एकरुपता कायम गर्ने विषय आगामी योजनामा प्राथमिकता भएको बताउनु भयो । 

बेल्बासेले खुला सिमानाका कारण एकातिर राज्यको राजश्व ठगी भएको र अर्को तर्फ खास ब्यवसायी मारमा परेको तर्क गर्दै उपभोक्तालाई सही मूल्यमा वस्तु उपलब्ध गराउनु पर्ने विषय आफुहरुको महत्वको विषय रहेको धारणा राख्नु भयो । बेल्बासेले औद्योगिक कोरिडोर निर्माण गर्ने विषय, उद्योगीको राष्ट्रिय, अन्तराष्ट्रिय अवलोकन भ्रमण, क्षमता तथा सिपको विकास, कृषि, पर्यटन, उद्यमको प्रवर्धन, युवा तथा महिला उद्यमी प्रवर्धन  जस्ता विषयलाई आफुहरुले निकै महत्वका साथ अगाडी बढाउने धारणा राख्नु भयो । 

त्यस्तै बेल्बासे नेतृत्वको समूहले मेला, महोत्सवलाई समय सापेक्ष उपलब्धिमूलक बनाउने, बजारलाई समय सापेक्ष विविधीकरण गर्ने, ब्यवसायी, घरधनी बीच समन्वय गरी घरवहाल करलाई वैज्ञानिक बनाउदै लैजाने, ब्यवसायिक विमाका लागि अभियान नै संचालन गर्ने र संघको दैनिक सेवालाई चुस्त पार्दै संस्थागत विकासमा विशेष कार्य गर्ने प्रेस पाटीलाई उहाँले जानकारी दिनु भयो । कोभिडबाट आक्रान्त ब्यवसायीलाई राहत र उद्योगमैत्री वातावरण निर्माणका निम्ति आफ्नो नेतृत्वमा प्यानल सार्वजनिक गरिएको अध्यक्षका उम्मेद्वार टोपनारायण बेल्बासेले बताउनु भयो । सफल उद्योगी बेल्बासेलाई  नेकपाका दुवै समूहको समर्थन रहेको र ब्यवसायिक क्षेत्रमा प्रभाव राख्नेहरु आफ्नो प्यानलमा रहेको उहाँको दावी छ । 

कपिलवस्तु उद्योग बाणिज्य संघको १४ औं साधारण सभा तथा सातौ अधिवेशन माघ २३ र २४ मा सम्पन्न हुने भएको हो । अध्यक्षका उम्मेद्वार बेल्बासे २०४८ साल देखि निरन्तर ब्यवसायीको पक्षमा आफुलाई उभ्याउदै र संघको स्थापना कालदेखी नै विभिन्न जिम्मेवारीहरु कुशलतापूर्वक सम्पन्न गरेको  दावी गर्न भयो । 

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६