काठमाडौं, २२ माघ ।प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल पक्षले आमहड्ताल शान्तिपूर्वक रुपमा सम्पन्न भएको छ ।केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको जानकारी दिएका छन् । श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमालाई बदनाम बनाउने र जनतालाई उत्तेजित बनाउने कोसिस गरिए पनि आफूहरूको संयमताले त्यो असफल भएको उल्लेख गरेका छन् । जनताहरुबाट प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित भएको उनको भनाई छ ।
आमहड्तालको कारण संघीय राजधानी लगायत देशभरको जनजीवन ठप्प रह्यो । बन्दको क्रममा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, बिजय डा। पौडेल, अमृता थापा मगर लगायत ७० जनालाई गिरफ्तार गरिएको थियो । यसैगरी चाबहिलबाट केन्द्रीय सदस्य कृष्ण केसी लगायतलाई गिरफ्तार गरिएको र बागबजारबाट युवा नेता रमेश मल्ल गिरफ्तार गरिएको थियो ।उनीहरुलाई यो समाचार तयार ९बेलुकी ७ बजेसम्म० पर्दासम्म रिहा गरिएको छैन ।
बन्द सफल पार्नका लागि अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल, संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ सहित शिर्ष नेताहरु सडकमा आएका थिए ।
प्रतिक्रिया