काठमाडौं २३ माघ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा सामान्य बदली भएको छ ।त्यस्तै बागमती प्रदेशको मौसममा आंशिक बदली रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ ।त्यसैगरी प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम बर्षा हुने संभाबना छ । देशका उच्च पहाडी र हिमाली भू भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ ।
आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू(भागका धेरैजसो स्थानहरुमा हल्का वर्षा हुने सम्भावना देखिएको छ ।त्यस्तै प्रदेश न १ का केही स्थानहरुमा पनि हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू(भागका धेरैजसो स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
प्रतिक्रिया