विचार/ब्लग

प्रचण्ड-नेपाल समूहले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी माग्यो



काठमाण्डौ २३ माघ । बिहीवार आमहड्ताल गरेको  नेकपाको  प्रचण्ड-नेपाल समूहले नागरिकलाई पर्न गएको अप्ठ्यारोप्रति माफी मागेको छ । आज पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल समूहले हिजोको आमहड्ताल रहर नभएर बाध्यता भएको बताएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्याराकाबीच आफूहरुले नागरिकको समर्थन पाएको दाबी गर्नुभयो ।

उहाँले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवारी कदम र लोकतन्त्रमाथि भएको प्रहारको जवाफमा बिहीवार आमहड्ताल गरेको बताउनुभयो । उहाँले भन्नुभयो  ‘कसैले तपाईँको लुगा तानेर च्यात्यो भने, तुरुन्त प्रतिवाद त गर्नु पर्यो नी ! हो, हिजोको आमहड्ताल ठ्याक्कै त्यस्तै हो । हामी लोकतन्त्रमाथिको प्रहारविरुद्ध तत्काल प्रतिवाद गर्न सडकमा गएका हौँ ।’प्रचण्डले आमहड्ताल गर्नु आफ्नो र आफ्नो  पार्टीको नीति र नियम नभएको पनि दाबी  गर्नु भएको छ । 

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६