लुम्बिनी

बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नौ जना पक्राउ



बाँके २३ माघ ।बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नौ जना पक्राउ परेका छन् ।बाँके राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको टोलीले हतियारसहित अवैध जीवजन्तु चोरी सिकार कार्यमा संलग्न भएको आरोपमा नौ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सल्यानका भीमबहादुर खनाल, रत्न थापा मगर, कृष्णबहादुर थापा, सोमबहादुर खत्री, टेकबहादुर कुँवर, कुमार थापा, धनबहादुर थापा, देवप्रसाद थापा र तिलक डाँगीलाई पक्राउ गरेको हो ।उनीहरूले गोठ तथा घर नजिकको झाडीमा लुकाएर राखेको ६ नाल भरुवा बन्दुक बरामद भएको र कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित : २३ माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६